आजदेखि श्रम स्वीकृति नवीकरण पुनः सुरु, दैनिक ३ सय टोकन दिइने
काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहचलले आज (आइतबार) बाट श्रव स्वीकृति नवीकरण पुनः सुरु गरेको छ । आइतबारदेखि दैनिक ३ सयका दरले टोकन वितरण गरेर पुनः श्रम स्विकृति नवीकरण सुरू भएको काठमाडौं कार्यालयले जनाएको हो ।
कुनै पनि सेवाग्राहीबाट आज मेरो टिकट छ भनी टोकन अगाडि सार्न अनुरोध गरेको खण्डमा सम्बन्धित शाखा एवम् विभागसँग समन्वय गरी सोही दिन सेवा दिने कार्यालयले जानकारी गराएको छ ।
नविकरण गर्न जाने सेवाग्राहीलाई पिसिआर रिपोर्ट अनिवार्य आवश्यक पर्ने छ । कुनै सेवाग्राहीको भिषाको अवधि समाप्त हुन लागेको छ टोकन एक दिन अगाडि नै सार्ने कार्यालयको भनाइ छ ।
त्यसैगरी, सेवाग्राहीले श्रम स्वीकृति नलिई टिकटको व्यवस्था नगर्न र टिकट लिई श्रम स्वीकृति हुन नसकेमा कार्यालय जवाफदेही नहुने समेत जानकारी गराएको छ ।