महासंघ निर्वाचनः एशोसियट उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघाई विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा एशोसियट रामचन्द्र संघाई विजयी भएका छन् ।

बरिष्ठ उपाध्यक्षमा संघाईले किशोर प्रधान समुहका सौरभ ज्योतिलाई पराजित गर्दै एशोसियटको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

व्यवसायिक घराना त्रिवेणी ग्रुपका संघाईले नेपालको पुरानो व्यवसायिक घराना ज्योति ग्रुपका सौरभ ज्योतिलाई पराजित गरेका हुन् ।

विजयी भएका रामचन्द्र संघाईले ४५५ मत ल्याए भने पराजित भएका सौरभ ज्योतिले ४३४ मत ल्याए ।


क्लिकमान्डु