नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगतमा प्रधान र ढकाल प्यानलका बराबर सदस्य निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फ नतिजा आएको छ ।

जसमा १४ जनामा ७ जना किशोर प्रधानको प्यानलबाट र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएका छन् ।

वस्तुगतमा नरेशलाल श्रेष्ठ,मिनमान श्रेष्ठ,मनिषलाल प्रधान,अरनिको राजभण्डारी,सुमितकुमार केडिया,सन्दिप अग्रवाल विजयी भएका छन् ।

गोविन्द ढुंगेल,भत्तबहादुर हमाल, प्रकाशसिह कार्की, हेमराज ढकाल, शकुन्तलाल हिराचन विजयी भए । यस्तै सुवोधकुमार गुप्ता, आकाश अधिकारी, बिष्णु गैरे विजयी भए ।

प्रधान समुहबाट अरनिको राजभण्डारी,  मनिषलाल प्रधान,मिनमान श्रेष्ठ, सन्दिप अग्रवाल, बिष्णु गैरे, शकुन्तलाल हिराचन र  गोविन्द ढुंगेलले प्रधान समुहबाट निर्वाचत जिते ।

यस्तै ढकाल समुहबाट नरेशलाल श्रेष्ठ, भत्तबहादुर हमाल, प्रकाशसिंह कार्की, हेमराज ढकाल, सुवोधकुमार गुप्ता,आकार अधिकारी, सुमितकुमार केडिया, विजयी भए ।


क्लिकमान्डु