प्रचण्डको आर्थिक जीवनशैलीमा प्रश्न उठाउदै ओलीले ल्याए ३८ पृष्ठ लामो प्रतिवेदन( पूर्ण पाठ सहित)



काठमाडौं । नेकपाको सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको आरोपमा ३८ पुष्ठको जवाफी प्रतिववेदन पेश गरेका छन् ।

३८ पृष्ठ लामो प्रतिवेदनमा छोरीलाई चुनाव जिताउन मतपत्र च्यातेको देखि लिएर अपारदर्शी तरिकाले व्यवसायीहरुसँग प्रचण्डको जीवनशैलीमा समेत प्रश्न उठाइएको छ ।

ओलीले प्रचण्ड कमजोर भएर एकता गर्न आएको र नैतिकता नभएको व्यक्ति भएको जवाफ दिएका छन् ।

पार्टी अध्यक्ष समेत रहेका ओलीले प्रचण्डले ल्याएको लिखित प्रस्तावमा ल्याएको लिखित जवाफले नेकपाभित्रको आन्तरिक राजनीतिक थप चर्कने देखिएको छ ।


क्लिकमान्डु