एफएनसीसीआई निर्वाचनः जिल्ला नगर र बस्तुगत तर्फको मतदान सकियो, एसोसियट बाँकी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को मतदान प्रकृया अन्तिम चरणमा पुगको छ ।

महासंघमा आगामी नेतृत्व चयनका लागि आज (शनिबार) भएको मतदान अन्तिम चरणमा पुगेको हो ।

अहिलेसम्म जिल्ला नगरको मतदान सकिएको छ भने बस्तुगत तर्फको पनि मतदान सकिएको छ । तर एसोशियट तर्फ भने मतदान कार्य जारी रहेको छ । यो समाचार तयार पार्दासम्म एसोशियट तर्फ ७७० मतदान भएको छ । ९०३ जना मतदान रहेको एशोसियट तर्फ अब १३३ मतदान हुन बाँकी रहेको छ ।

सबै मतदान केन्द्रमा मतदान सकिएपछि सबै मतपेटिका नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ल्याएर मतगणना हुनेछ ।

मतगणना साँझ ६ बजेबाट सुरु हुने छ । सबै उमेद्वारको सहमति नजुटाइ मतगणना नमिल्ने भएको कारण सम्भवत साँझ ६ बज्ने एक निर्वाचन अधिकृतले बताए ।

जिल्ला नगरको नेपाल प्रज्ञा प्रतिष्ठान, एशोसियट तर्फको बबरमहल स्थित कार्की ब्याङक्वेट र बस्तुगत तर्फको टेकु स्थित महासंघको कार्यालयमा मतदान भएको हो । महासंघको आगामी नेतृत्वका लागि बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान समूह निर्वाचनमा होमिएका छन् ।


क्लिकमान्डु