सुनको मूल्य प्रतितोला २ सय घट्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार घटेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९० हजार ८ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु