घट्यो महंगी, उपभोक्ता मुद्रास्फीति ३.७९ प्रतिशत- राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मंहगि घटेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२१ प्रतिशत रहेको थियो ।

यो अवधिमा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४६ प्रतिशत रहेको छ ।

गत वर्ष असोजको तुलनामा यो असोजमा तरकारी उपसमुहको मुल्यवृद्धि २३.१० प्रतिशत र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि १३.८६ प्रतिशत रहेको छ ।

असोजमा काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत, तराईमा ४.४६ प्रतिशत, पहाडमा ३.०३ प्रतिशत र हिमालमा ४.३९ प्रतिशत मुद्रास्फीति रहेको छ ।

गत असोजमा यी क्षेत्रहरुमा क्रमशः ८.१४ प्रतिशत, ५.७५ प्रतिशत, ४.८९ प्रतिशत र ५.११ प्रतिशत मुद्रास्फीति रहेको थियो ।


क्लिकमान्डु