भारतीय कम्पनीले ल्याए ‘भ्याक्सिन टुरिजम’को प्याकेज



कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्येको एक हो ‘पर्यटन’ ।

गत वर्ष चीनमा कोरोनाको पहिलो संक्रमण देखिएसँगै प्रभावित भएको विश्व पर्यटन लामो समयसम्म नराम्रोसँग प्रभावित भयो ।

तर पछिल्लो समयमा भने विभिन्न देशहरुले पर्यटन क्षेत्र रिभाइभका लागि नयाँ नयाँ तरिका अपनाएका छन् ।

यस्तोमा भारतमा ‘भ्याक्सिन टुरिजम’को चर्चा शुरु भएको छ । कतिपय कम्पनीहरुले त प्याकेज नै सार्वजनिक गरिसकेका छन् ।

यो पर्यटन क्षेत्रका लागि नयाँ भए पनि तरिका भने पुरानै अपनाइएको छ । यसअघि पनि डिजास्टर टुरिजमको नयाँ अवधारणाले राम्रो फाइदा गरेको थियो ।

भ्याक्सिन टुरिजम यस्तो प्याकेज हो । जुन कोरोना भ्याक्सिन उपलब्ध हुनेछ त्यो ठाउँका लागि प्याकेज तयार पारिन्छ ।

जहाँ मानिसहरु घुम्नका लागि जान पाउँछन् भने फर्कँदा कोरोना भाइरसविरद्धको भ्याक्सिन लगाएर फर्कन पाउँछन् । तर यो सबैको पहुँचमा भने नहुन पनि सक्छ ।

विश्वका विभिन्न देशका कम्पनीहरुले कोरोना भाइरसको भ्याक्सिनको सफल परीक्षण गरिरहेको समाचार सार्वजनिक भएसँगै विभिन्न कम्पनीहरुले यस्तो प्याकेज ल्याएका हुन् ।

भारतीय कम्पनीहरुले यसका लागि १ लाख ७५ हजार भारतीय रुपैयाँको प्याकेज सार्वजनिक गरेका छन् । जसमा मुम्बईदेखि अमेरिकाको न्यूयोर्क र न्यूयोर्कबाट मुम्बई आउन र जानका लागि ३ रात र ४ दिनको प्याकेज ल्याएका छन् । जसमा भ्याक्सिको खर्च पनि समावेश गरिएको छ ।

ट्राभल कम्पनी जेम, फाइजरले बनाएको भ्याक्सिनका आधार यस्तो अफर ल्याएका हुन् । विज्ञका अनुसार फाइजरको भ्याक्सिन कोरोनासँग लड्नका लागि ९५ प्रतिशतसम्म सफल भएको छ ।

भारतीय कम्पनीहरुका अनुसार यो प्याकेज बुक गर्नका लागि अग्रीम भुक्तानी दिनुपर्दैन् । यसका लागि सामान्य रजिष्ट्रेसन प्रक्रियाका आधारमा भ्याक्सिन टुरका लागि अप्लाइ गर्न सकिन्छ । यसका लागि व्यक्तिले इमेल आइडी, फोन नम्बर र पासपोर्टको जरुरी हुन्छ । तर यो टुरमा सीमित व्यक्तिहरु मात्रै जान पाउनेछन् । यसका लागि कम्पनीले पहिले रजिस्ट्रेसन गर्नेलाई प्राथमिकता दिनेछन् ।


क्लिकमान्डु