मनकामना केबुलकार सेवा छिट्टै पुनः सञ्चालनमा आउने



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण झण्डै सातमहिनादेखि बन्द रहेको नेपालको पहिलो केवलकार मनकामना केवलकार छिट्टै सुरक्षाका सबै मापदण्डसहित खोल्ने तयारी गरेको छ ।

मनकामना केवलकार २३ औं वर्षमाप्रवेश गरेको अवसरमा कम्पनीले छिट्टै सुरक्षाका मापदण्डसहित खोल्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

केबुलकारले स्ट्याण्डर्ड अपरेसन प्रोसिड्योर अनुसार निर्देशिका पालना कार्यान्वयनमा ल्याउने गरि स्थानीय तह र उद्योगी व्यवसायीस“ग समन्वय गरिरहेको जनाएको छ । पहिला स्थानीयको सुरक्षाका लागि समेत केवलकार नखोलिएको तर अहिले स्थानीय उद्योगी व्यवसायी पनि केवलकार खोल्ने खबरले उत्साहित भएकोले स्थानीय तहको स्वीकृतिमा केवलकार छिट्टै नै खुला गरिने कम्पनीले जनाएको छ ।

२२ वर्षको अवधिमा करिब डेढ करोड भक्तजनले केवलकारको यात्रा गरिसकेको कम्पनीले दाबी गरेका छन् ।

कोभिडपछिका दिनहरुमा केवलकारको टिकट अनलाइनमार्फत खरीद गर्न सकिने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ । साथै, इ–सेवामार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्तगर्न सक्नेछन् भने फोन–पे मार्फत टिकट काउन्टरबाट टिकट लिन सक्नेछन् । त्यसैगरी, सुगम देखि दुर्गम क्षेत्रसम्म इ–पे को पहु“च पुगिसकेकोले नगद रहित कारोबार, यात्रु सेवा सहजता सँगै भिडभाड कमहुने कुरालाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरेको कम्पनीको भनाइ छ ।

कम्पनीले यात्रु तथा आप्mनो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मुख्य ढोकादेखि नै हेल्थ स्क्रिनिङको तयारी गर्नुका साथै प्रत्येक घण्टा डिसइन्फेक्ट गर्ने कम्पनीले जनाएको छ ।

यात्रु र सेवामा सहभागीकर्मचारीलाई फेस सिल्ड, मास्क, स्यानिटाइजेसनको व्यवस्था गर्ने भएको छ । कम्पनीका अनुसार स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरि छिट्टै नै पुनः सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । कम्पनीले कुरिनटार स्टेशन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्ड समेत तयार समेत गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु