वाईवाईको संयोजनमा भएको ग्लोकल टीन हिरोको २० उत्कृष्ट आवेदक छनौट



काठमाडौं । वाईवाई र ग्लोकल प्रालीको संयुक्त संयोजनमा भएको ग्लोकल टीन हिरोको २० उत्कृष्ट आवेदक छनौट भएको छ ।

सेप्टेम्बर १ गतेका दिन वाईवाइ ग्लोकल टीन हिरो नेपालको आवेदन आह्वान घोषणामार्फत आवेदनको अन्तिम मिति नोभेम्बर १४ भनी तोकिएकोले प्राप्त आवेदनबाट उत्कृष्ट २० छनोट गरिएको हो ।

उक्त कार्यक्रमलाई ग्लोकल २० अन्डर २० भनी पहिचालन गरिएको छ । जसमा २० वर्षभन्दा कम उमेरका २० नेपाली प्रतिभाशाली किशोर किशोरीहरूको यस वर्षको ग्लोकल २० अंडर २० को सूचि सार्वजनिक गरेको छ ।

किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाईवाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण रहेको छ ग्लोकल प्रालिले जनाएको छ ।

हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२, २०२० मा अन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन् । सोही दिन वाईवाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।

ती किशोर किशोरीहरू समाज सेवा, बाल अधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरेको जनाइएको छ ।

समाजमा रहेका असाधारण युवाहरूको पहिचान र सम्मान गर्दै यस उपाधिको माध्यमबाट उनीहरूलाई थप प्रोत्साहन गरी संसार माझ चिनाएर अरु किशोर किशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको प्रालिको भनाइ छ ।

‘नेपालभरीबाट विभिन्न क्षेत्रमा सकृय रुपमा काम गर्दै आएका प्रतिभाशाली किशोर किशोरीहरूको छनोट गर्न सजिलो कार्य पक्कै पनि थिएन,’ ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुरले भने, ‘यद्यपी समाज तथा राष्ट्रलाई टेवा पुराइरहेका यीनै जाज्वल्यमान प्रतिभाशाली किशोर किशोरीहरूलाई पहिचन गराउन पाउदा हामी गर्व गर्दछौ ।’

प्रालिका अनुसार देश भरिबाट आएको ६०४ं आवेदनबाट किशोर किशोरीहरू छानिएका जनाए । जसमा २० परिवर्तक किशोर किशोरीहरू सम्माननीय निर्णायक मण्डलबाट उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा चयन गरिएका प्रालिले जनाएको छ ।


क्लिकमान्डु