सिद्धार्थ राणालाई पछि पार्दै विजयकुमार शाहले व्यक्तिगततर्फ धेरै आयकर तिरे, बैंकमा नबिल



काठमाडौं । गतवर्ष व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर विजयकुमार शाहले तिरेका छन् । आन्तरिक राजस्व विभागले कर दिवसको अवसरमा मंसिर १ मा बढी कर तिर्ने करदातालाई सम्मान गर्ने गर्छ ।

यो वर्ष व्यक्तिगततर्फ सबैभन्दा बढी कर व्यक्तिगत तर्फ विजयकुमार शाहले तिरेका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् । मदिरा व्यवसायका शाहको ठूलो व्यवसायिक साम्राज्य छ । उनको कम्पनी अन्तर्गत रुस्लान भोड्का,गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन गर्छ ।

पछिल्लो ६ वर्षदेखि व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर सिद्धार्थ शमशेर राणाले तिर्दै आएका थिए । यो पटक शाहले गतवर्ष सर्वाधिक कर तिरेको हुँदा उनी सम्मानित हुन लागेका हुन् ।

कम्पनी तर्फ भने सर्वाधिक आयकर सुर्य नेपालले तिरेको हुँदा उसले सम्मान पाउने भएको छ । वाणिज्य बैंकमा सबैभन्दा बढी नबिल बैंकले आयकर तिरेको छ । बीमा भने भने पुनरर्बीमा कम्पनीले सबैभन्दा बढी कर तिरेको छ ।

यस्तै व्यापार व्यवसायमा अग्नी इन्ककप्रोरेटले कर तिरेको छ ।

रेमिटेन्स तर्फ सबैभन्दा बढी कर आइएमई रेमिटेन्स कम्पनीले तिरेको छ । निर्यात तर्फ डाबर नेपाल प्रालिले सबैभन्दा बढी कर तिरेको छ ।

पर्यटनमा सबैभन्दा बढी तारागाउँ रिजेन्सीले धेरै आयकर तिरेको छ । शिक्षण सेवामा मणिपाल मेणिकल कलेजले तिरेको छ । मध्यम स्तरको करदाताबाट सबैभन्दा बढी कामना सेवा विकास बैंकले कर तिरेको छ । मूल्य अभिबृद्धि सबैभन्दा बढी बुझाउनेमा घोराही सिमेन्ट रहेको छ ।

विभागले सार्वजनिक कार्यक्रम आयोजना गरेर बढी कर तिर्ने करदातालाई सम्मान गर्ने छ ।


क्लिकमान्डु