यी हुन् विश्वका ५ महंगा घर, यस्ता छ सुविधा ?



काठमाडौं । हरेक व्यक्तिको करिअरको दौरानमा एउटा सुविधा सम्पन्न घर बनाउने सपना हुन्छ । जीवनमा एकपटक भए पनि राम्रो घर बनाउने र त्यसैमा जीवन काट्ने सपना बोकेर कैयन मानिसहरु जीवनभरी मिहेनत र परिश्रम गर्छन् ।

सपनाको त्यही घर बनाउन मानिसहरु हरेक दिन घोटिन्छन् । तर सबैको त्यो रहर पूरा नहुन पनि सक्छ । सुन्दर घर, त्यसमा आवश्यकता अनुसारका सेवा सुविधा र राम्रो परिवार हरेक जसो मानिसको रहर र चाहना हो ।

तर विश्वमा केही यस्ता मानिसहरु छन् । जसले आफ्नो सपनाको घर बनाएका छन् । जसमा हरेक प्रकारका सेवा र सुविधाले भरिपूर्ण बनाएका छन् । यस्ता घर जुन घरको विश्वभरी नै तारिफ हुन्छ ।

यस लेखमा हामीले विश्वका ५ वटा यस्ता घरबारे चर्चा गर्दैंछौं । जसले आफ्नो बनावट र सेवा सुविधाका कारणले मात्रै पनि समाचारका विषयवस्तु बन्छन् र सर्वत्र चर्चा समेत कमाएका छन् ।

१) बकिङघम प्यालेस, लन्डन

सयौं वर्षको इतिहास समेटिएको ब्रिटिश शासनको आधिकारिक घर हो बकिङघम प्यालेस । विश्वभरको सबैभन्दा महंगो घर भनेर यस प्यालेसले दावी गरेका छन् । १ खर्ब ७५ अर्ब (अमेरिकी डलर १.५ बिलियन) बढी मूल्य परेको यस शानदार घर ब्रिटिश साम्राज्यको धरोहर रहेको छ ।

यो घरमा अहिले पनि शाही परिवारको शान छ । यद्यपि यो आधिकारिक रुपमा सरकारी भएकाले यसलाई निजी सम्पत्ति मान्न सकिँदैन । तर, ब्रिटिशका मानिसले विश्वको सबैभन्दा महंगो घरको रुपमा दावी गर्दै आएका छन् ।

उक्त सन् १७०३ मा डिउक अफ बकिङघम नामसहित ४० एकर जमिनमा निर्माण गरिएको छ । यस घरमा अहिले विभिन्न परिमार्जन तथा थप गरिएको छ । तर, तपाईंले अनुमान पनि गर्न सकिन्न कि यस घरको निर्माण गर्दा त्यहाँ शानदार फर्निचरका साथसाथै झुमर तथा सुनको जलपले बनाइएको छ ।

बकिङघम प्यालेसमा ७७५ वटा कोठासहित १८८ वटा कर्मचारीको बेडरुम, ५२ वटा शानदार कोठा, गेष्ट बेडरुमका साथै अफिस ९२ वटा, बाथरुम ७८ वटा र १९ वटा स्टेटरुम छ । यस घरको विशेषता भनेको घरको कम्पाउण्डभित्रै पोखरी, ताल, टेनिस कोर्ट, सिनेमा हल, कर्मचारीको खाने ठाउँ, हस्पिटलका साथै धेरैको सुविधा रहेको छ ।

२) एन्टिलिया मुम्बई, भारत

विश्वका सर्वाधिक धनिहरुको सूचीमा चौथो स्थानमा रहेका मुकेश अम्बानीको घर पनि चर्चित घर हो । भारतमा रहेको एन्टिलिया मुम्बईमा छ ।

यस घरको डिजाइन भने अमेरिकन लरेन्स पेर्किन्स् र फिलिप विल गरेको थियो भने लेइगटोन होल्डिङ्सले निर्माण गरेको हो । यस घरको मूल्य १ खर्ब १७ अर्ब (१ बिलियन अमेरिकी डलर) रहेको छ । ६ सय भन्दा बढी कर्मचारी रहेको यस घरमा १६८ वटा कार पार्किङ गर्न सकिन्छ । साथै, थिएटर, तीनवटा हेलिप्याड र विश्वका सबै सुविधा उपलब्ध रहेको छ ।

उक्त शानदार घरको निर्माण मुकेश आम्बानीको कुल सम्पत्तिको ५ प्रतिशत हिस्साले निर्माण भएको हो

त्यसैगरी यस घरको विशेषता भनेको घरभित्रै पार्किङका साथसाथै विभिन्न तल्लामा पुग्नका लागि ९ वटा लिफ्टको सुविधा रहेको छ । यस्तै, उक्त घरमा पोखरी, बाल्कोनीमा गार्डेन, प्रार्थनाका लागि मन्दिर, हेल्थ स्पा, स्नो रुम, आइक्रिम रुम, सैलुन, ५० सिट भएको सिनेमा, बलरुम, जिम गर्ने ठाउँ र इन्डो र आउटडोर बार छन् ।

३) भिल्ला ला लियोपोल्डा – कोट द अजुर, फ्रान्स

यूरोप महादिप फ्रान्सको कोट द अजुर शहरस्थित रहेको भिल्ला ला पोल्डा विश्वको महंगोमध्येमा पर्छ । सर्वप्रथम यस घर निर्माण गरी पहिलो मालिक बन्न सफल भएका थिए बेल्जियमका लेट किङ लियोपोल्डा । यस घरको वास्तुगत निर्माणको क्रेडिट भने अमेरिकन जुनियर ओगडेन कोडम्यानलाई जान्छ । घरको निर्माण तथा डिजाइन गर्न नै करिब दुई वर्ष (१९२९ देखि १९३१) सम्म लागेको थियो ।

२००८ पछि यस घरको मालिक रसियाको अर्बपति मिखाइल प्रोखोरोभ रहेको छ । उक्त घर २००८ मा प्रोखोरोभले ८७ अर्ब ५० करोड (७५० मिलियन अमेरिकी डलर) मा खरिद गरेको थियो ।

यस घरमा पनि सबै खालको सुविधा छ । यो घर ५० एकड जमिनमा फैलिएको छ जसको विशेषता भनेको ११ वटा बेडरुम र आउटडोर किचन, पोखरीका साथै अन्य सुविधा पनि रहेको छ ।

४) फियर फिल्ड – सागापोनक, न्यूयोर्क

विश्वको शानदार घरमध्ये अर्को घर हो न्यूयोर्कस्थित सागापोनक शहरमा रहेको फियर फिल्ड । अमेरिकाको सबैभन्दा महंगो इलाकास्थित ६३ एकड क्षेत्रफलमा फैलिएको यस घरमा २९ बेडरुमका साथै बिजुली आपूर्ति गर्ने आफ्नै साधन छ ।

१८ अर्ब ५८ करोड (२४९ मिलियन अमेरिकी डलर) घरको मालिक अमेरिकाको उद्योगपति इरा रेन्नर्ट हो । यो घर अमेरिकाको नै सबैभन्दा महंगो घर भनेर चिनिन्छ । यस घरमा २९ बेडरुम, ३९ बाथरुम, ३ वटा स्वीमिङ पुल, १६४ सिट भएको थिएटर, २ टेनिस र स्क्वास कोट रहेको छ ।

५) केन्जिङटन प्यालेस गार्डेन– लन्डन, यूके

स्टिल किङ भनेर विश्वभर चिनिने भारतीय मुलुकको उद्योगपति लक्ष्मी मित्तलको घर हो केन्जिङटन प्यालेस गार्डेन । उक्त घर विश्वका महंगो घरमा पर्छ । लन्डनमा रहेको यस शानदार घरको मूल्य १६ अर्ब ५७ करोड (२२२ मिलियन अमेरिकी डलर) रुपैयाँ रहेको छ । त्यसैगरी विश्वको सबैभन्दा महंगो खानाको मेजमानीको रेकर्ड पनि यसै घरले कायम गरेको थियो ।


क्लिकमान्डु