३ महिनामा माछापुच्छ्रे बैंकको नाफा ३७ करोड, १ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप



काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा ४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकको खुद नाफा चालु आवको सोही अवधिमा १ करोड ५० लाख रुपैयाँले घटेको हो ।

बैंकद्वारा सार्वजनिक चालु आवको पहिलो त्रैमासको सिवत्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकले ३६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले ३७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ६ करोड ६६ लाख रुपैयाँ छ ।

यसैगरी सो अवधिमा बैंकले १ खर्ब ११ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ९५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको पहिलो त्रैमासको तुलनामा ०.३० प्रतिशत अर्थात् २८ लाख रुपैयाँ बढी हो । गत आवको पहलिो त्रैमासमा बैंकले ९५ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.३१ प्रतिशतबाट बढेर ०.४२ प्रतिशत पुगेको छ । साथै, हाल बैंकको पूँजीकोष अनुपात १२.६० प्रतिशत, आधारदर ८.३१ प्रतिशत, सिसिडी रेसीयो ७६.९४ प्रतिशत र स्प्रेडदर ४.३३ प्रतिशत छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको प्रतिसेयर बजार मुल्य २ सय २४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय ४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.१२ गुणा छ ।


क्लिकमान्डु