सनराइज बैंकको नाफा १५.७१ % ले घट्दा खराब कर्जा बढ्यो, वितरणयोग्य नाफा ऋणात्मक



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सनराइज बैंकको नाफा घटेको छ ।

बैंकको नाफा १५.७१ प्रतिशतले घटेर ३८ करोड २९ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

तीन महिनामा बैंकको वितरणयोग्य नाफा २४ लाख ९६ लाख ५० हजार ८४५ रुपैयाँ ऋणात्मक रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि गिरावट आएको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब १० करोड ५ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा चालु आवको सोही अवधिमा ९२ करोड ७९ लाख ७६ हजार रुपैयाँ रहेको छ । य

स्तै बैंकको सञ्चालन मुनाफा पनि ६४ करोड ५७ लाख ९५ हजार रुपैयाँबाट घटेर ५४ करोड ७१ लाख १० हजार रुपैयाँमा समिति भएको छ ।

८ अर्ब ९६ करोड ७८ लाख ११ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६ करोड २५ लाख २५ हजार रुपैयाँ रहेको छ ।

९१ अर्ब ५५ करोड ३१ लाख ३४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८४ अर्ब ९६ करोड ७२ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब १.२७ प्रतिशतले बढेर १.५८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ९२ पैसा रहेको छ ।


क्लिकमान्डु