स्टान्डर्ड चार्टर्ड बैंकको नाफामा भारी गिरावट



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घटेको नाफा घटेको छ । बैंकको नाफा ३७.६८ प्रतिशतले घटेर ४० करोड १३ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ६४ करोड ४१ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

तीन महिनामा बैंकको वितरणयोग्य नाफा पनि ३४ करोड ८८ लाख ३८ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ ।

गत आवको पहिलो त्रैमासमा ९१ करोड ६१ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा चालु आवको सोही अवधिमा ६० करोड १६ लाख ६ हजार रुपैयाँ रहेको छ । यस्तै बैंकको सञ्चालन मुनाफा पनि ९३ करोड २३ लाख ५ हजार रुपैयाँबाट घटेर ५८ करोड ३ लाख ७१ हजारमा समिति भएको छ ।

८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ६२ करोड २१ लाख ५ हजार रुपैयाँ रहेको छ । ८२ अर्ब २२ करोड ४३ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५० अर्ब १७ करोड ३८ लाख ५५ हजार रुपैयाँमा कर्जा लगानी गरेको छ ।

बैंकको कर्जा लगानी घटेको छ । गत आवको सोही अजधिमा ५३ अर्ब ९२ करोड ४८ लाख ५६ हजार रुपैयाँ रहेको थियो । प्रतिसेयर आम्दानी २० रुपैयाँ ४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ १३ पैसा रहेको छ ।


क्लिकमान्डु