एनआइसी एसिया बैंकको बुक क्लोज मंसिर १० देखि
काठमार्डाैं । एनआइसी एसिया बैंकले मंसिर १० देखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
मंसिर २१ गते हुन लागेको वार्षिक साधारण सभाका लागि बुक क्लोज हुन लागेको हो । उक्त साधारण सभामा बैंकले लगानीकर्तालाई दिने भनेको २० प्रतिशत लाभांशको प्रस्ताव पेश गरिने छ ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।