प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य, ४ दिनमै भए बढुवा



काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ ।

बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठले उनलाई कायमुकायम कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यलाई दिएको हो ।

उनलाई केही दिन अघि मात्रै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीमा प्रबन्ध सञ्चालकका रुपमा कार्यरत शाक्यलाई गत शुक्रबार मात्रै काज फिर्ता बोलाइएको थियो ।

आइतबार अबेर उनलाई ऊर्जा मन्त्री वर्षमान पुनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए ।

बुधबार बसेको प्राधिकरण सञ्चालक समितिले कम्तीमा ६ महिनाका लागि कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

विशेषगरी प्रसारण लाइनका बारेमा जानकार शाक्यले प्राधिकरणलाई विगतमा जस्तै सबल संस्था बनाउने बताएका छन् ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा मन्त्री वर्षमान पुनको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको एक सञ्चालकले जानकारी दिए ।

निमित्तको जिम्मेवारी पाएको ४ दिन नपुग्दै उनले झण्डै पूर्ण कार्यकारी निर्देशक जस्तै गरी काम गर्ने गरी कायममुकायमको जिम्मेवारी पाएका हुन् ।


पुष्प दुलाल