प्रभु बैंकको नाफा ३५.२५ % ले बढ्यो, खराब कर्जा घट्यो



काठमाडौं । प्रभु बैंकको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड १४ हजार रहेको छ ।

जुन गत आवको सोही अवधिमा ६२ करोड ८४ लाख ६७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको नाफा ३५.२५ प्रतिशतले बढेको छ । बैंकको वितरणयोग्य नाफा १७ करोड ५६ लाख २८ हजार रुपैयाँ रहेको छ ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि बढेको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ४० करोड ६८ लाख ४० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ६९ करोड ३९ लाख २७ हजार रुपैयाँ रहेको । यस्तै सञ्चालन मुनाफा पनि ८९ करोड ९ लाख ६ हजार रुपैयाँबाट बढेर १ अर्ब २५ करोड १७ लाख ४ हजार रुपैयाँ रहेको छ ।

१० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड ४६ लाख १२ हजार रुपैयाँ रहेको छ ।

यो तीन महिनामा १ खर्ब ३३ अर्ब २९ करोड २५ लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब १६ अर्ब ६ करोड ७० लाख ७४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ३.३२ प्रतिशतबाट घटेर २.६७ प्रतिशतमा पुगेको छ । ३२ रुपैयाँ ९६ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको १५५ रुपैयाँ ३० पैसा प्रतिसेयर नेटवर्थ रहेको छ ।


क्लिकमान्डु