ग्लोबल आईएमई बैंकको नाफा ४०.५४ % ले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?
काठमाडौं । ग्लोबल आईएमई बैंकको नाफा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको नाफा ४०.५४ प्रतिशतले बढेको छ । बैंकको वितरणयोग्य नाफा २२ करोड ६१ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि निकै सुधार देखिएको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ५६ करोड ४२ लाख ७२ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन मुनाफा पनि १ अर्ब ४ करोड २३ लाख ७४ हजार रुपैयाँबाट बढेर १ अर्ब ४७ करोड ५२ लाख ८६ हजार रुपैयाँ रहेको छ ।
१८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब २६ करोड ७१ लाख ७६ हजार रुपैयाँ रहेको छ ।
बैंकले यो तीन महिनामा २ खर्ब २४ अर्ब २३ करोड ७५ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ९५ अर्ब ७३ करोड १२ लाख १ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा ०.८५ प्रतिशतबाट बढेर १.८३ प्रतिशतमा पुगेको छ । २२ रुपैयाँ ३२ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको १५८ रुपैयाँ ६९ पैसा प्रतिसेयर नेटवर्थ रहेको छ ।