निःशुल्क खाना खुवाउन खटिएका सेफ शिवहरि घिमिरे सम्मानित



काठमाडौं । कोरोना महामारीका बेला आर्थिक अभावले भोकै रहेका नागरिकलाई खाना खुवाउन निरन्तर खटिएका सेफ शिवहरि घिमिरे सम्मानित भएका छन् ।

निःशुल्क खानाका साथै नेपाली खानाको मौलिकता प्रर्बद्धन र बजारीकरणमा निरन्तर खटिदै आइएका घिमिरे दक्षिणकालीमा आयोजित सेलरोटीको स्वाद उद्घाटन कार्यक्रममा सम्मानित भएका हुन ।

टेस्ट अफ नेप्लिज फुड, ट नेक्स डेस्टिनेसन अन्तर्गत दक्षिणकाली मन्दिरमा पुस्तौदेखि सेलको व्यवसाय गर्दै आएका स्थानीय ५४ व्यवसायीले मौलीकता झल्कने गरी आफ्नो प्रस्तुती देखाएका थिए ।

आइएचएम कलेज, आइ एम वीथ सेफ, दक्षिणकाली नगरपालिका तथा नेपाल पर्यटन बोर्डको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेख्य संख्यामा सेफहरुको उपस्थिती रहेको थियो ।

कोरोना महामारीले भोकै रहेका नागरिकलाई निःशुल्क खाना खुवाउन खटिदै आएका सेफ घिमिरे ल्याण्डमार्क होटलका एक्जिक्युटिभ सेफका साथै सेफ्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष हुन् ।


क्लिकमान्डु