१ करोडको चेक बाउन्समा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ



काठमाडौं । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन् । बुधबार कालिमाटी प्रहरी वृत्तले थापालाई कालिमाटीबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले चेक बाउन्स गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

थापाले १ करोड रुपैयाँको चेक दिएको तर बाउन्स भएको भन्दै झबिन्द्रप्रसाद बञ्जाडेले उजुरी दिएका थिए ।

हाल थापालाई टेकुमा राखिएको छ ।


क्लिकमान्डु