वामदेव गौतम मन्त्री बन्न बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्न बाटो खुलेको छ ।

नेकपाले उनलाई राष्ट्रिय सभाको सदस्य बनाए लगत्तै अधिवक्ता दिनेश त्रिपाठीले उक्त निर्णय बदर गर्न माग गर्दै रिट दर्ता गरेका थिए ।

बुधबार बसेको संवैधानिक इजलासले अन्तरिम आदेश नदिएसँगै उनलाई मन्त्री बन्न बाटो खुलेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजालासले अन्तिम आदेश नहुने फैसला गरेको हो ।


क्लिकमान्डु