हिमाल आरोहण सम्बन्धी पढाई शुरू गर्न सम्झाैता



ताप्लेजुङ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन पढाई शुरु गर्ने बताएका छन् ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयमा पर्यटन तथा पर्वतारोहण बिषय अध्यापनको मंगलवार शुभारम्भ गदै मन्त्री भट्टराईले हिमाल आरोहणमा चासो राख्ने देशका विभिन्न क्षेत्रमा पर्यटन पढाई शुरु गर्ने बताए ।

मन्त्री भट्टराईले विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकोले यहाँको पर्यटन प्रवर्द्धनसँगै विकास गर्नका लागि पर्यटन शिक्षा आजको आवश्यकता भएको समेत बताए ।

मन्त्री नेपालमा विश्वको १४ बटा हिमाल मध्ये आठ हजार माथिका ८ बटा नेपालमा रहेको बताउदै हिमाल आरोहण गर्नका लागि बर्षेनी हजारौ मानिस हिमाल चढन विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा आवश्यक पर्ने शैक्षिक दक्ष जनशक्ति उत्पादनको लागि पर्यटन बिषय अध्यापन शुरु गरेको बताए ।

नेपाल नारायणी मावि पर्यटन तथा पर्वतारोहण बिषय पढई गर्ने पहिलो विद्यालय भएको समेत बताए ।

मंगलवार नै नारायणी माविमा कक्षा ११ र १२ मा अध्यापनको लागि शनिवार सम्झौत्ता पत्रमा हस्ताक्षर भएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र नारायण माविका प्रधानअध्यापक गणेशबहादुर प्रसाईबीच सम्झौत्ता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौत्ता पत्रमा प्रतिष्ठानको तर्फबाट कक्षा ११ र १२ को पर्यटन र पर्वतारोहणसँग सम्बन्धित विष अध्ययन र अध्यापन गराउन अनुभवी प्रशिक्षकहरु उपलब्ध गराउने,पर्यटन र पर्वतारोहण विषयका पाठयक्रम र अध्ययन सामग्री उपलब्ध गराउने आवश्यकता अनुसार अन्य प्राविधिक तथा ऐकेडेमीक सहयोग गर्ने भएको छ भने विद्यालयको तर्फबा पर्यटन तथा पर्वरोहण विषय कक्षा ११ र १२ मा अध्यायन गराउने,अध्यापन गराउन आउने शिक्षाको ब्यवस्थानपन पाठयक्रका लागि पुस्तकालय लगायतका सामग्री विद्यालय उपलब्ध गराउने सहमति भएको हो ।

मन्त्री भट्टराई पालिका स्तरीय कार्यक्रमका लागि गत कात्तिक २१ गतेदेखि गृह जिल्ला ताप्लेजुङमा छन् ।


क्लिकमान्डु