इलेक्ट्रोनिक्स सामानमा ग्यापुको इलेभेन-इलेभेन सेल; टुनुवाल स्कुटर जित्ने मौका पनि 



काठमाडाैं । लोकप्रिय नेपाली ई कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले सबै इलेक्ट्रोनिक्स सामानमा सेल उपलब्ध गराउँदै नोभेम्बर ११ को लागि इलेभेन-इलेभेन सेलको घोषणा गरेको छ।

इलेक्ट्रोनिक्स सामानमा ८० प्रतिशत सम्म छुट भएको बताइएको छ। सि एफ मोटर्सको बाइक र गाडी र टुनबालको इलेक्ट्रिक स्कुटर एक्सक्लुभिक्स मुल्यमा उपलब्ध हुने बताइएको छ।

नोभेम्बर ११ का दिन गरिएको सपिङको दोश्रो दिन डेलिभरी हुने ग्यापुका अध्यक्ष ज्ञानेन्द्र खड्काले बताए। इलेभेन-इलेभेन सेलमा सपिङ्ग गर्ने मध्ये १ जनालाई सप्राइज बम्पर उपहार दिइने खड्काले बताए।

इलेभेन-इलेभेन सेलमा सामान खरिद गर्नेले दशैं तिहार धमाकाको बम्पर लगायतका उपहारमा समेत सहभागी हुन पाउने र टुनुवाल स्कुटर जित्ने मौका पनि रहेको खड्काले बताए।

ग्यापुका अध्यक्ष ज्ञानेन्द्र खड्काको जन्मदिनको अवसरमा इलेभेन-इलेभेन सेल आयोजना गरिएको कम्पनीले बताएको छ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे कनेक्ट आइपिएस र इ-सेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न ।


क्लिकमान्डु