पोखराको नयाँ रिसोर्ट वर पिपलले तिहार र छठका लागि ल्यायो बिशेष छुट



पोखरा । पोखरा लेकसाइडको २८ नम्बर स्ट्रीटमा यसै बर्षबाट सन्चालनमा आएको वर पिपल रिसोर्टले नेपाली ग्राहकलाई लक्षित गरी २ रात ३ दिनको बिशेष छुट प्याकेज सार्वजनिक गरेको छ।
डिलक्स रुम प्याकेजको ११ हजार ९ सय ९८, सिङ्गल डिलक्स रुम प्याकेजको ९ हजार ९ सय ९८ छ भने फ्यामिली डिलक्स रुम प्याकेजको १४ हजार ९ सय ९९ र स्वीट रुम प्याकेजको १९ हजार ९ सय ९९ रहेको छ।
छुट अफर अन्तर्गत रुम सहित बसपार्क वा एयरपोर्टबाट पिक एण्ड ड्रप सुबिधा, २ दिन सेट ब्रेकफास्ट, १ दिन लन्च अथवा डिनर, साउना १ घण्टा, स्विमिङ पुलको सुबिधा प्याकेजमै उपलब्ध भएको रिसोर्टका अध्यक्ष जितु गुरुङले बताए ।
रिसोर्टमा स्वीट रुममा ज्याकुजीको सुबिधा समेत छ।  ग्राहकले स्पामा २० प्रतिशत र बेभरेजमा समेत १५ प्रतिशत छुट पाउने गुरुङले जानकारी दिए।
शान्त वातावरणमा रहेको रिसोर्टको रुमबाटै फेवाताल, शान्ति स्तुपा र वरपरको दृश्य अवलोकन गर्न सकिन्छ । नेपाली सँस्कृती झल्काउने फोर स्टार स्तरको रिसोर्टको रुफटपमा रहेको इन्फिनिटी स्विमिङ पुलमा स्विमिङ गर्दा समेत पोखरा आसपासको दृश्यपान गर्न पाइन्छ ।


क्लिकमान्डु