कोरोना भ्याक्सिनको तेस्रो चरणको परीक्षण ९० प्रतिशत सफल, १ अर्ब ३० करोड डोज उत्पादन गरिने



कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेका कम्पनीहरु पिफिजर र बायोएनटेकले भ्याक्सिनको तेस्रो चरणको परीक्षण ९० प्रतिशत सफल भएको दावी गरेको छ । कम्पनीले सोमबार उक्त घोषणा गरेका हुन् ।

कोरोना संक्रमितले दोस्रो डोज लिएको ७ दिनमा निको भएको पाइएको छ । संक्रमितलाई पहिलो डोज दिएको २८ दिनपछि दोस्रो डोज दिइएको थियो ।

‘तेस्रो चरणको प्रारम्भिक नतिजा आइसकेको छ, कोभिड–१९ को भ्याक्सिन परीक्षण सफल भएको छ,’ पिजिफरका अध्यक्ष तथा सीइओ अल्बर्ट बोउर्लाले भने ।

‘हामी कोभिड १९ को भ्याक्सिन निर्माणको महत्वपूर्ण क्षममा छौं, जसले विश्व स्वास्थ्य संकट समाधानको बाटोमा एककदम अगाडि बढेको छ,’ उनले भने ।

हाल विश्वमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ भने अस्पतालहरुमा बेड नपाउने अवस्था समेत छ ।
कम्पनीले सन् २०२० सम्ममा ५० करोड भ्याक्सिनका डोज उत्पादन गर्ने र सन् २०२१ मा १ अर्ब ३० करोड भ्याक्सिनका डोज उत्पादन गर्ने लक्ष्य लिएको छ ।

-एजेन्सीको सहयोगमा


क्लिकमान्डु