नेपाल वायुसेवा निगमले घटायो चार्टर्ड उडानको भाडादर



काठमाडौं । नेपाल वायुसेवा निगमले चार्टड उडानको भाडा घटाउने भएको छ । निगमले बजारमा आफ्नो हिस्सा बढाउनका लागि भाडा घटाउन लागेको हो ।

निगममा गठित कार्यदको अध्यनयका आधारमा आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानको भाडा घटाउने सुझाव दिएको थियो ।

निगमले ब्लक आवरका आधारमा भाडा परिमार्जन गरेको हो । ब्लक आवर विमानको इन्जिन स्टार्ट भएपछि बन्द नहुँदासम्मको अवधिलाई जनाउँछ । यसैका आधारमा निगमले भाडा तय गर्छ ।

अध्ययन कार्यदलले वाइडबडी ए–३३० मा हाल लिइँदै आएको १८ हजार १ सय डलर प्रतिघण्टालाई घटाएर १५ हजार ४३० डलरमा सीमित गरेको छ ।

त्यस्तै ए–३२० विमानको भाडा ९ हजार डलरबाट घटाएर ७ हजार ७१० डलरमा झारेको छ भने डीएचसी–६÷३००को भाडा १८ सयबाट घटाएर १३१० डलर कायम गरेको छ ।

यस्तो छ परिमार्जित भाडादर

एयरक्राफ्ट                                  परिमार्जित भाडा दर (पर ब्लक आवर)
ए३२०–२००                                ७७१० डलर
ए३३०–२००                                १५५२० डलर
डीएचसी–६/३००                       १३१० डलर


क्लिकमान्डु