दुर्गा लक्ष्मी स्टिलमा १ अर्ब बढी लगानी, जिआई पाइप बजारमा ल्याउने



काठमाडौं । बजारमा नयाँ स्टिल कम्पनी थपिने भएको छ । ६ जना लगाकर्ताको दुर्गालक्ष्मी स्टिल ल्याउन लागेका छन् ।

स्टिलमा माधव रेग्मीको ४६ प्रतिशत,अनुराग पाण्डेको २२ प्रतिशत,पुरन सिलवालको १३ प्रतिशत र सिद्धिप्रसाद अधिकारीको १ प्रतिशत स्वामित्व रहेको छ ।

कम्पनीले ६० हजार मेट्रिकटन उत्पादन क्षमता छ । जसले पाइप,जिआई पाइप लगायतका निर्माण सामाग्रीको उत्पादन गर्छ ।

कम्पनी अहिले निर्माणको चरणमा रहेको छ । जुन प्रोजेक्ट बनाउनको लागि ५८ करोड १० लाख लाग्ने छ । यसमा ६० प्रतिशत बैंकको ऋण हुने छ ।

कम्पनीले बैंकबाट ऋण लिनको लागि १ अर्ब २० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले ३५ करोड १९ लाख रुपैयाँ दीर्घकालिन प्रकृतिको ऋण लिन खोजेको छ ।

यसलाई क्रेडिट कम्पनी इक्राले एलबी रेटिङ दिएको छ । यस्तै ८४ करोड ८१ लाख रुपैयाँ अल्पकालिन अवधीका लागि ऋण लिन खोजेको छ । यसको लागि एफोर रेटिङ दिएको छ ।


क्लिकमान्डु