अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन निर्वाचित



अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडेन निर्वाचित भएका छन् । शनिबार पेन्सेल्भेनियामा भएको मत परिणामपछि बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

निर्वाचित हुनका लागि कुल २७० इलेक्ट्रोल  भोट आवश्यक रहेकोमा बाइडेनले २७३ इलेक्ट्रोल भोट ल्याएका छन् । उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले जम्मा २१४ इलेक्ट्रोल भोट ल्याएका छन् ।

त्यसैगरी उपराष्ट्रपति पदमा पहिलो पटक अश्वेत महिला कमला ह्यारिस निर्वाचित भएकी छन् ।

अझै पनि केही स्थानमा भने मतगणना जारी छ ।


क्लिकमान्डु