सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला हजार रुपैयाँले बढेको छ । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रूपैयाँमा खरिद बिक्री भएको थियो ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको थियो ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९६ हजार ९ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।


पुष्प दुलाल