पत्नी सिइओ, पतिको कम्पनीलाई घुमाएर ऋण, अदालतमा पर्यो मुद्दा



कुनै गलत विवरण तयार पारेर नागरिकले जम्मा पारेको निक्षेपलाई ऋणको रुपमा दिन बैंक तथा वित्तीय संस्थाले के कति मात्रामा प्रयास गरेका होलान ? आम मानिसको प्रश्न रहने गरेको छ । मानिसहरुमा यस प्रकारको चासो समेत रहने गरेको छ ।

नेपालमा पनि बेला बेलामा यस्ता ऋणका विषयमा चर्चा हुने गरेको छ । भारतमा पनि पछिल्लो समय यस्तै भएको छ । गलत विवरण तयार पारेर ऋण दिएको अभियोगमा आइसिआइसिआइ बैंक, भिडियोकनलाई त्यस्तै प्रकारको अभियोगमा उजुरी दर्ता भएको छ ।

प्रवर्तन निर्देशनालयले चन्दा कोचर र उनका पतिलगायत ७ जना विरुद्ध अभियोगपत्र दर्ता गरेको छ । चन्दा कोचर सो बैंकको प्रमुख कार्यकारी अधिकृत रहेको समयमा १८७५ करोड बराबरको कर्जा दिइएको थियो ।

बैंकको नीति विपरित कर्जा दिइएको आरोपमा कारवाहीको माग गर्दै मुद्दा दर्ता गरिएको हो । प्रवर्तन निर्देशनालयले बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्दा कोचर, उनका पति दीपक कोचर तथा भिडियोकन समूहका लगानीकर्ता वेणुगोपाल धूत विरुद्ध मनी लन्ड्रिङ गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ । सो मामिलामा अन्य ७ जना विरुद्ध समेत अभियोग लगाइएको छ ।

जानकारी अनुसार उक्त अभियोग मुम्बईको एक अदालतमा दर्ता गरिएको छ । सो मामिलामा दीपक कोचरलाई गत सेप्टेम्बरमा गिरफतार गरिएको थियो । केन्द्रीय जाँच व्यूरोले अभियोग दर्ता गर्ना साथ चन्दा कोचर र उनका पति दीपकलाई आपराधिक गतिविधि गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । मुम्बई अदालतले सो मुद्दालाई अब ११ नम्बरमा सुनुवाई गर्ने भएको छ ।

समाचार स्रोतहरुका अनुसार उक्त बैंक र भिडियोकन समूहले १८७५ करोड बराबरको ऋण ६ पटक गरेर लिएको थियो । उक्त कर्जा २००९ को अक्टोबरदेखि सन् २०११ को बीचमा लिइएको थियो ।

बैंकको नीति विपरित गएर ऋण लिएको वा दिएको भन्दै विगतदेखि नै मुम्बईमा हल्ला हुने गरेको थियो । सो सम्बन्धी विषयमा अदालतमा प्रमाण समेत पेश भएपछि उनीहरलाई पक्राउ गरिएको थियो ।

जानकारी अनुसार सो मामिलामा मुद्दा दर्ता गर्ने निकायले यसै वर्षको जनवरीदेखि नै कोचर परिवारको सम्पत्ति समेत रोक लगाएको थियो । त्यसमा दक्षिण मुम्बईमा रहेको उनीहरुको एक अर्पाटमेन्ट समेत रहेको छ ।

सो अर्पाटमेन्टको मूल्य मात्रै ७६ करोड भारतीय रुपैयाँ बराबरको रहेको छ । हिरासतमा रहेको बेला कोचरले दिल्ली उच्च अदालतमा याचिका समेत दाखिला गरेका थिए । मनी लन्ड्रिङको विषयलाई खारेज गर्न उनले माग गरेका थिए । उनले आफनो गिरफतारीलाई समेत कानून विपरित बताएका थिए ।

जानकारी अनुसार भिडियोकन समूहको ५ कम्पनीले आइसिआइसिआई बैंकबाट २०१२ को अप्रिलमा ३२५० करोड बराबरको कर्जा लिएको थियो । सो समूहले कुल कर्जाको ८६ प्रतिशत अर्थात् २८१० करोड बराबरको ऋण तिरेका छैनन् ।

त्यसपश्चात् सन् २०१७ मा सो कर्जाको विषयमा के भएको हो भन्दै विभिन्न निकायले चासो समेत व्यक्त गरेका थिए । कर्जा स्वीकृत गर्दा चन्दा कोचर सहभागी थिइन् ।

जानकारी अनुसार भिडियोकन समूहका एमडी वेणुगोपाल धूतले दीपक कोचरको कम्पनी न्यूपावर रिन्यूएबल्समा पैसा लगाएको बताइएको छ । पत्नी प्रमुख कार्यकारी अधिकृत रहेको बैंकबाट ऋण लिने र पतिको कम्पनीमा पेसा लगाउने विषय आफैमा शंकास्पद रहेको बताइएको छ । सोही कारण उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको हो । विभिन्न समाचार एजेन्सी


पुष्प दुलाल