सुनको मूल्य प्रतितोला ९ सयले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेकोे सुन बुधबार पनि ९ सय रुपैयाँले बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९५ हजार ४ रूपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।

बुधबार छापावाला सुनको मूल्य बढेर प्रतितोला ९६ हजार ३ सय रूपैयाँमा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९५ हजार ८ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।


पुष्प दुलाल