अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्प र वाइडेनबीच कडा प्रतिस्पर्धा



काठमाडौं । जनमत संग्रहको रुपमा लिइएको अमेरिकाको राष्ट्रपति निर्वाचनमा कडा प्रतिस्पर्धा देखिएको छ । यो समाचार तयार पार्दासम्म कूल ५० राज्य मध्ये ३१ राज्यको मत परिणाम घोषणा भएको छ ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रति जो वाइडनबीच कडा प्रतिस्पर्धा भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

धेरै राज्यमा मतदान सकिएको छ र तिनमा गणना जारी छ। तर पश्चिम अमेरिकामा मतदान भइरहेको बिबिसिले जनाएको छ । यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका छन्

इन्डिआना र टेनसीसहितका राज्यमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी हुने प्रक्षेपण गरिएको छ । यस्तै जो बाइडनले म्यासचूसिट्स र न्यूजर्सी राज्यमा जित्ने तर फ्लोरिडामा कडा प्रतिस्पर्धा हुने देखिएको छसन् १९९२ को निर्वाचनमा पदासीन राष्ट्रपति जर्ज एच डब्ल्यू बुश पराजित भएका थिए ।

राष्ट्रिय सर्वेक्षणहरूमा जो बाइडनले अग्रता लिएको देखिन्छ। तर कडा प्रतिस्पर्धा हुने विभिन्न ’ब्याटलग्राउन्ड स्टेट’ को परिणामले राष्ट्रपति पदको छिनोफानो गर्नेछ ।

यसपालि अमेरिकी निर्वाचनमा सर्वाधिक सङ्ख्यामा मतदाताहरू सहभागी भएका छन् । मतदान सकिएपछि गरिएको एउटा सर्वेक्षणले देशभरि प्रत्येक १० मध्ये चार जनाले सरकारले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि गरेको प्रतिकार्यप्रति असन्तुष्टि व्यक्त गरेको देखाउँछ ।
क्यालिफोर्निया, ओरेगन र वाशिङटनको नतिजा बाइडनको पक्षमा जाने प्रक्षेपण गरिएको छ । बिबिसीका अनुसार अहिलेसम्मको प्रक्षेपित नतिजामा ट्रम्पले १७ र बाइडनले १४ राज्यमा विजय हात पार्ने देखिएको छ ।सन् १९९२ देखि डेमोक्र्याट उम्मेदवारले जितेको क्यालिफोर्नियामा ५५ इलेक्टोरल मत रहेको छ ।

सन् १९८८ देखि डेमोक्र्याट उम्मेदवारको पक्षमा मतदान गरेको ओरेगन मा पनि बाइडनले जित्ने बताइएको छ। छ इलेक्टोरल मत रहेको क्यान्सस र १० इलेक्टोरल मत रहेको मिजुरीमा ट्रम्पले र १० इलेक्टोरल मत रहेको इलिनोईमा बाइडनले जित्ने प्रक्षेपण गरिएको बिबिसीले उल्लेख गरेको छ ।


पुष्प दुलाल