कोरोना प्रभावितलाई विशेष राहत प्याकेज दिने तयारी गर्दै आइएमएफ, नगद प्रवाह बढाइने



काठमाडौं । कोरोना भाइरसका कारण प्रभावित भएका संसारभरका देशलाई थप राहत दिने बारेमा आइएमएफले तयारी गरेको छ । प्रभावित देशलाई के कसरी राहत दिन सकिन्छ भनेर आवश्यक तयारी थालिएको बताइएको छ ।

पहिलो पटक संसारभर नै ६० प्रतिशत अर्थतन्त्र समेट्ने देशको बैंकको ब्याजदर १ प्रतिशत भन्दा तल आएको छ । यस्तै २० प्रतिशत बढी देशका बैंकको ब्याजदर समेत नकारात्मक हुन गएको छ ।

इन्टरनेशल मनेटरी फण्डका चिफ इकोनोमिस्ट गीता गोपीनाथले संसारभरको अर्थतन्त्रलाई पूरानै लयमा फर्काउनका लागि राहत प्याकेजको खोजीमा आफूहर जुटेको बताएकी छिन् ।

उनले रिकभरीका लागि राहत प्याकेजका लागि आग्रह समेत आएको भन्दै त्यसको मोडालिटी के कस्तो हुने भन्ने बारेमा सोचविचार भइरहेको बताएकी छिन् । कोरोना महामारीका कारण अधिकाशं देशहरु लिक्वीडिटी ट्रयापमा फसेका छन् ।

फाइनान्सियल टाइम्समा प्रकाशित एक लेखमा गीता गोपीनाथले भनेकी छिन् पहिलो पटक ६० प्रतिशत बढी अर्थतन्त्र समेट्ने देशहरुमा बैंकको ब्याजदर १ प्रतिशत तल आएको छ । त्यसमा ९७ प्रतिशत अर्थतन्त्र एड्भान्स रहेको छ । जबकी, २० प्रतिशत बढी देशका केन्द्रीय बैंकको ब्याजदर समेत नकारात्मक हुन पुगेको छ ।

उनले अगाडि भनेकी छिन् कि ब्याजदरमा आएको भारी गिरावटका कारण केन्द्रीय बैंकहरुलाई ब्याजदर अझै कटौती गर्ने तर्फ तयार भएका छन् । सोमबार गोपीनाथले भनेकी छिन् वर्तमानमा संसारभर नै इकानोमी लिक्विडटीको चक्रव्यूहमा फसेको छ ।

त्यस्ता देशमा मोद्रिक नीतिको प्रभाव असाध्यै कम मात्रामा परेको छ । त्यस्ता समस्या समाधानका लागि हामीले सबैसँग सहकार्य र सहमतिमा केही न केही नयाँ काम गर्नुपर्ने आवश्इकता बढेर गएको छ ।

उनले संसारभर नै नगदको सहज प्रवाहका लागि आफूले सल्लाह दिएको बताएकी छिन् । उक्त नगद आर्थिक वृद्धिका लागि थप सहज हुनेछ । गोपीनाथले चिकित्सा सुविधा , डिजिटल पूर्वाधारको विकास तथा पर्यावरणको सुरक्षाका लागि बढी मात्रामा खर्च गर्न सकिने छ ।

त्यसले नयाँ रोजगारी सिर्जना गर्ने छ भने निजी क्षेत्रको लगानी विस्तारका लागि समेत सहयोग मिल्नेछ । जबकी राहत प्याकेज नै हर समय सबैभन्दा राम्रो विकल्प रहेको ठहर गरिएको छ । किनकी अलग अलग क्षेत्रमा गरिने खर्चले नै आर्थिक वृद्धिका साथै सार्वजनिक हितका लागि समेत उपयुक्त हुनेछ भने सार्वजनिक लगानीका लागि समेत उपयुक्त हुनेछ ।

गत महिना आइएमएफले वल्र्ड इकोनोमि आउटलुक रिपोर्ट सार्वजनिक गरेको थियो । त्यसमा सन् २०२० मा विश्व अर्थतन्त्रमा ४.४ प्रतिशतले गिरावट आउने अनुमान गरिएको थियो । आइएमएफले भनेको थियो, कोरोना भाइरसका कारण संसारभर नै अर्थतन्त्र नकारात्मक दिशामा केन्द्रीत भएको छ ।

चीन बाहेक संसारका अधिकाशं देश नराम्ररी आर्थिक समस्यामा फसेको छ । विकसित भनिएका देशको अर्थतन्त्र र स्वास्थ्य संरचनामा देखिएको कमजोरीका कारण संसारभर नै १५ करोड बढी बेरोजगारी थपिएका छन् । यस्तै, गरिबीको मात्रामा समेत वृद्धि हुने र त्यसको प्रभाव लामो समयसम्म पर्न सक्ने उल्लेख गरेको थियो ।


पुष्प दुलाल