माउण्टेन इनर्जी नेपालले १९ लाख ६८ हजार कित्ता आईपीओ निष्काशन गर्ने



काठमाडौं । माउण्टेन इनर्जी नेपालले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा ३९ हजार ३६१ कित्ता कर्मचारी र ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ता सेयरमा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

उक्त आईपीओमा कात्तिक २६ गतेबाट मंसिर २ गतेसम्म आवेदन दिन सकिने छ । २ गतेसम्म माग अनुसार आवेदन नपरेमा मंसिर १० गतेसम्म आवेदन दिन सकिने छ ।

आइपीओको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटल रहेका छन् । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

उक्त आईपीओको आवेदन नबिल बैंकिङ, सिबीआईएल क्यापिटल र माउन्टेन इनर्जी नेपालमा दिन सकिने छ ।


क्लिकमान्डु