पुँजीबजारमा थपियो १ करोड ७ लाख कित्ता सेयर



काठमाडौं । पुँजी बजारमा दुई वटा कम्पनीको १ करोड ७ लाख ५८ हजार २०१ कित्ता सेयर सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको उक्त सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार तिनाउ मिसन डेभलपमेन्ट बैंकको १२ प्रतिशत बोनस र गुँरास लाइफ इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ ।

जसमा बैंकको १३ लाख ७३ हजार १.७५०९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस्तै गुराँस लाइफ इन्स्योरेन्सको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।


क्लिकमान्डु