सेयर बजारमा गिरावट, कारोबार रकम साढे २ अर्ब नजिक



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ३.३३ अंकले घटेर १६३७.६३ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १.१७ अंकले घटेर ३२५.४६ बिन्दुमा रोकिएको छ ।
१९७ कम्पनीको ६९ लाख ३७ हजार ४४५ कित्ता सेयर २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूह ११.६२, जीवन बीमा समूहको उपसूचक ९.४ अंकले घट्दा ट्रेडिङ ३४.५२, निर्जीबन बीमा २७.२५, माइक्रोफाइनान्स समूहको उपसूचक ६२.३ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा प्राइम कमर्शियल बैंक रहेको छ । बैंकको १२ करोड ४० लाख ९७ हजार ७१८ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी रहेको छ ।


क्लिकमान्डु