आरएमडीसी लघुवित्तलाई २० % लाभांश दिन राष्ट्र बैंकले दियो अनुमति



काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको प्रस्तावत गरेको लाभांशलाई राष्ट्र बैंकले स्वीकृत दिएको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (करसहित)सहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरेको हो । अब संस्थाको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले २० प्रतिशत लाभांश पाउने छन् ।


क्लिकमान्डु