स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य यसकारण घट्यो २७ रुपैयाँले



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य एकै दिन २७ रुपैयाँले घटेको छ । गत बिहीबार प्रतिकित्ता ६८३ रुपैयाँ रहेको सेयर आइतबार एकै दिन २७ रुपैयाँले घटेर ६५६ रुपैयाँ पुगेको छ ।

यसअघि बैंकको सेयर कारोबार मूल्य क्रमिक रुपमा बढी रहेको थियो । तर एकै दिन आइतबार सेयर मूल्य प्रति कित्ता २७ रुपैयाँले घटेको हो । बैंकको सेयर एकै दिन ३.९५ प्रतिशतले घट्नुको कारण बैंकले घोषणा गरेको लाभांशलाई लिइएको छ ।

बैंकले गत साता अहिलेसम्मकै सबैभन्दा थोरै लाभांश घोषणा गरेको थियो । त्यसको असर आइतबारको कारोबारमा देखिएको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य नाफाबाट लगानीकर्ताका लागि ७ प्रतिशत बोनस र ४.४८ प्रतिशत नगद गरी कूल ११.४८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जुन अहिलेसम्मकै थोरै हो । त्यसको असर आइतबारको कारोबारमा देखिएको लगानीकर्ताको भनाइ छ ।

बैंकले उक्त लाभांश घोषणा गरेपनि राष्ट्र बैंकले उक्त लाभांश वितरण गर्न अनुमति दिने सम्भावना कम रहेको छ ।

बैंकले लाभांश घोषणा गर्दा बोसर ७० र नगद ३० अर्थात बोनस र नगदको अनुपात ७०ः३० भित्र कायम गर्नु भनेको छ । तर बैंकले गरेको प्रस्ताव ७०ः३० अनुसार नहुने भएपछि उक्त प्रस्ताव राष्ट्र बैंंकबाट फिर्ता हुने छ ।

बैंकले हाल गरेको लाभांश अनुपातमा नगद ३.५५२ र बोनस ८.२८८ प्रतिशत हुन आउँछ यो भनेको नगद लाभांशको अनुपात ४०.८७ प्रतिशत हुन्छ । यसर्थ बैंकको बोनस र नगदको लाभांश अनुपातमा बोनस ५९ः१३ र नगद ४०ः८७ अनुपातमा रहेको छ ।


क्लिकमान्डु