अपि पावरले दुई वर्षको साधारण सभा एकैपटक गर्ने, कति दिन्छ लाभांश ?



काठमाडौं । अपि पावर कम्पनीले विगत दुई आर्थिक वर्षको साधारण सभा एकैपटक गर्ने भएको छ ।

कम्पनीले मंसिर ८ गते साधारण सभा बोलाएको छ । त्यसदिन आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को सभा हुने छ । कोरोनाकोे कारण साधारण सभा भर्चुअल माध्यमबाट हुने छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ५ र आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । यस्तै कम्पनीले बोनसमा कर तिर्नको लागि ०.२६ र ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त साधारण सभाको लागि भन्दै कम्पनीले बुक क्लोज पनि गरिसकेको छ । कम्पनीले २०७५/७६ को लागि २०७६ चैत १ गते बुक क्लोज गरिसकेको छ ।

फागुन ३० गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउने छन र लाभांश पनि पाउने छन् । यस्तै आव २०७६–७७ को लागि कात्तिक ३० गतेसम्म कायम सेयरधनीले लाभांश पाउने छन् । मंसिर १ गतेदेखि बुक क्लोज रहेको छ ।


क्लिकमान्डु