१७ करोडको हकप्रद शेयर बिक्री गर्दै नेपाल फाइनान्स
काठमाडौं । नेपाल फाइनान्सको १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ ।
फाइनान्सले प्रति कित्ता १ सय रुपैयाँको दरले १६ करोड ९७ लाख ५० हजार ६२५ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । फाइनान्सले १ः१.२५ अनुपातमा हकप्रद शेयर बिक्री गर्न लागेको छ । हाल १ कित्ता शेयर रहेका लगानीकर्ताले १.२५ कित्ता शेयर पाउने छन् ।
उक्त सेयरमा मंसिर ४ गतेबाट मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरमा कात्तिक ५ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।
आवेदनकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल तथा नेपाल फाइनान्सको केन्द्रीय कार्यालयबाट आवेदन सक्नेछन् । साथै सी–आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि शेयरमा आवेदन दिन पाइनेछ ।