अपि पावरको साढे ५७ करोडको हकप्रद बिक्री खुला



काठमाडौं । अपि पावर कम्पनीले आज (कात्तिक १४ गते)देखि ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ ।

कम्पनीले लगानीकर्तालाई १ः०४७ अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँका दरले ५७ करोड ७० लाख रुपैयाँको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गरेको हो । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

कम्पनीको १०० कित्ता शेयर हुने लगानीकर्ताले ४७ कित्ता शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि २०७६ चैत्र १ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरिसकेको छ ।

२०७६ फागुन ३० गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ । हकप्रदमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त शेयरमा आवेदन दिनको लागि सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी ट्रेड टावर थापाथलीका साथै सिद्धार्थ बैंकका विभिन्न शाखा कार्यालय पोखरा, बुटवल, नेपालगन्ज, विराटनगर, वीरगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

ग्लोबल आइएमई बैंकको नौगडा, दाचुर्लाको गोकुलेश्वर, खलंगा र बैतडीको शाखाबाट आवेदन दिन सकिनेछ । यस्तै धितोपत्र बोर्डबाट सीआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु