सस्ता कम्पनीमा लगानीकर्ताको ध्यान जाँदा जलविद्युत समूहको उपसूचकमा देखियो यस्तो चमक



काठमाडौं । विगत चार महिना यता जलविद्युत समूहको उपसूचकमा निकै सुधार देखिएको छ । असार १६ गतेदेखि कात्तिक १२ गतेसम्म जलविद्युत समूहको उपसूचक ४५७.३३ अंकले बढेको छ । बिहीबार जलविद्युत समूहको उपसूचक ६.७५ अंकले बढेको छ । बिहीबारसम्मलाई हेर्दा ४६४.०८ अंकले बढेको छ ।

असार १६ गते ९२०.७७ बिन्दुमा रहेको जलविद्युत समूहको उपसूचक त्यसको दुई महिनाको अवधिमा ४५.४४ अंकले मात्रै बढेको थियो । भदौ १४ गतेसम्म आईपुग्दा जलविद्युत समूहको उपसूचक ९६६.२१ बिन्दुमा रहेको थियो । त्यसपछि जलविद्युत समूहको उपसूचकमा निकै सुधार देखिएको छ ।

यो दुई महिनाको अवधिमा पुँजीबजारमा पनि सुधारको केही संकेत देखिन थालेको छ । असार १६ गते १२५०.६४ बिन्दुमा रहेको सूचक १४५०.५३ बिन्दुमा पुगेको थियो । यो अवधिमा बजार बढन थालेसँगै उपसूचकमा पनि क्रमिक सुधार आउन थालेको देखिएको छ ।

यो अवधिमा लगानीकर्ताहरुले महंगो सेयर मूल्य भएका कम्पनी भन्दा पनि सस्तो सेयर मूल्य भएका कम्पनीमा लगानी गरेको देखिन्छ । केही समयअघिसम्म कतिपय जलविद्युत कम्पनीको सेयर मूल्य आईपीओको मूल्य अर्थात एक सय रुपैयाँ भन्दा पनि तल रहेको थियो । त्यो समयमा जलविद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८ रुपैयाँ वा त्यो भन्दा पनि कम समेत आएको थियो । जुन समयमा जलविद्युत कम्पनीको सेयरमा लगानीगर्ने लगानीकर्ताले मनग्य आम्दानी गरेका छन् ।

भदौ १४ पछि जलविद्युत कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ताले बढी मुनाफा आर्जन गरेका छन् ।

भदौ १४ गतेसम्म ९६६.२१ बिन्दुमा रहेको उपसूचक भदौ १५ गते १०१०.९५ बिन्दुमा पुगेको थियो । त्यसपछि जलविद्युत समूहको उपसूचक हजार बिन्दुबाट तल झरेको छैन । यता बजार पनि त्यो समय यता पनि घटेको छैन । बजारको बढोत्तरीजस्तै जलविद्युत समूहको उपसूचकमा पनि सुधार भएको छ ।

जलविद्युत समूहको उपसूचक सबैभन्दा बढी असोज २१ गते सबैभन्दा बढी १४३७.७२ बिन्दुमा पुगेको थियो । त्यसदिन बजार १५९६.७८ बिन्दुमा पुगेको थियो । त्यसपछि केही दिन घटेको बजार पुन उकालो लाग्न थालेको छ । पछिल्लो साता भने जलविद्युत समूहको उपसूचमा केही उतार चढाव देखिएको छ ।


क्लिकमान्डु