सेयर बजारमा करेक्सन, शिव श्रीको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर कारोबारको लागि यो साताको अन्तिम दिनन बजारमा सामान्य करेक्सन देखिएको छ । बिहीबार बजार मापन गर्ने सूचक १.७८ अंकले घटेर १६४५.६७ बिन्दुमा रोकिएको छ ।

१९२ कम्पनीको १ करोड ३ लाख ६५ हजार ६०७ कित्ता सेयर ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८५४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ६.२७, विकास बैंक १६.८२, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३४.८५ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा प्राइम कमर्शियल बैंक अग्रस्थानमा रहेको छ । बैंकको १३ करोड ७८ लाख १ हजार ३०६ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र एनएमबी बैंक रहेको छ ।

कारोबारमा शिव श्री हाईड्रोपावरको कारोबारमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा नेपाल फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था, दिव्यश्वरी हाईड्रोपावर, हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाएका छन भने सिन्धु विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, यूनाइटेड मोदी, कुमारी बैंकका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु