दसैँपछिको पहिलो सेयर कारोबारमा उछाल, बैंकका लगानीकर्ता मालामाल



काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा दिनमा सेयर बजारमा उछाल आएको छ । कारोबारको सुरु देखि नै बढेको बजार अन्तिम समयसम्म पनि कायम नै रह्यो । जसका कारण बजारमा ४१.२० अंकले बढेर परिसूचक १६४७.४५ बिन्दुमा रोकिएको छ ।

१८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार ६९ रुपैयाँको कारोबार भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.२१ अंकले बढेर ३२७.७६ बिन्दुमा रोकिएको छ ।

कारोबारको सुरु देखि नै बैंकमा लगानीकर्ताको ध्यान गएको छ । जसले गर्दा बैकिङ समूहको उपसूचक ५५.१५ अंकले बढेको छ । यस्तै होटल ३२.८५, विकास बैंक ६०.९७, वित्त कम्पनी १३.३८, निर्जीबन बीमा ४७.०७, जीवन बीमा ११०.६८, माइक्रोफाइनान्स समूहको उपसूचक २५.१९ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकको २० करोड ६५ लाख ४४ हजार ५५० रुपैयाँको सेयर किनबेच भएको छ । बढी कारोबार गर्नेमा बैंकहरुको अग्रता रहेको छ ।

यो दिनको कारोबारमा प्राइम बैंक, नेपाल फाइनान्स, सिटिजन्स बैंक, प्रभु बैंक, सनराइज बैंकका लगानीकर्ताले कमाउँदा पञ्चकन्या माई हाईड्रो, रिढी हाईड्रोपावर, माउन्टेन हाईड्रो लगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु