डिसहोममा आजदेखि आइपीएल हेर्न पाइने



काठमाडौं । आजदेखि डिसहोममा इन्डियन प्रिमियर लिग (आइपीएल) हेर्न पाइने भएको छ । क्लिनफिडका कारण नेपालमा बन्द भएको स्टार स्पोर्टस च्यानल अब डिसहोममा हेर्न पाइने भएको हो ।

क्लिनफिडका कारण बन्द भएका कैयन च्यानलसँगै स्टार स्पोर्टस वान च्यानल पनि बन्द भएको थियो । तर अब डिसहोममा भने क्लिनफिड सहितको च्यानल हेर्न पाइने भएको हो ।

आइपीएल नेपाली दर्शकमाझ पनि लोकप्रिय प्रतियोगिता हो । हाल डिसहोमका मुलुकभर १५ लाख ग्राहक छन् ।


क्लिकमान्डु