प्रधानमन्त्रीको प्रतिरक्षात्मक अभिव्यक्ति, उल्टियो निर्णय



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै प्रतिरक्षात्मक अभिव्यक्ति दिएका छन् ।

यसअघि सरकारले कोरोना लागेको बिरामी आफैले आफ्नो उपचार गर्नु भनेको थियो । तर प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भने ‘सरकारले सके आफै बाँच नसके जे सुकै गर भनेर राज्यले भनेको छैन, सरकारले सबैको उपचार गर्ने छ ।’

सरकारले कोरोना संक्रमितको उपचारमा सबैको समान पहुँच स्थापित गराउने बताए । उपचार गर्न नसक्नेलाई सरकारले उपचार गर्ने प्रतिबद्धता समेत जनाए । उनले कोरोना संक्रमतिलाई घरेलु औषधी प्रयोग बढाउन समेत आग्रह गरेका छन् ।

कोरोनाको कारण अहिले चाहेर पनि घर फर्कन नसक्ने अवस्था रहेको स्मरण गराए ।
प्रम ओलीले जेष्ठ नागरिक र बालबालिमाका संक्रमण बढी हुने भएकोले सचेत बन्न सबैलाई आग्रह गरेका छन् ।

काठमाडौं संक्रमणको केन्द्र नै बनेको भन्दै संक्रमण रोक्न सरकार लागि परेकोे बताए । ‘यो महामारीबाट जनता बचाउन सरकार पछि पर्दैन’ उनले भने ‘कोरोनाबाट संक्रमित सबैको उपचार गर्न सरकार प्रतिबद्ध रहेको छ ।’

जनताको सकारात्मक सहयोगको कारण मृत्यु हुने ०.६ प्रतिशत भन्दा बढन नसकेको दाबी गरे ।
सरकारले उपचारमा सबैको समान पहुँच हुने व्यवस्था गरेको छ । उपचार गर्न नसक्नेलाई सरकारले उपचार गर्ने प्रतिबद्धता जनाए ।


क्लिकमान्डु