सिप्रदी ट्रेडिङ्गको बिजया दशमी उपहार



काठमाडौं । नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गले बिजया दशमीको अवसरमा आफ्ना च्यानल पार्टनरहरुलाई सिक्का एप मार्फत जम्मा भएको प्वाईन्ट बराबरको उपहार बितरण गरेको छ ।

उपहारहरु बितरण कार्यक्रम अन्तर्गत नेपालभरीका च्यानल पार्टनरहरुको रोजाइ अनुसार नगद, स्मार्टफोन र होम एप्लाइन्सेस लगाएतका सामानहरु बितरण गरिएको जनाएको छ ।

उक्त कार्यक्रममा एक्साइड ब्याट्रिज नेपालका जनरल म्यानेजर सुरेश कुमार तिवारीले ब्याट्रि च्यानल पार्टनरहरु माझ सधै एक नम्बरमा रहन सफल भएको बताए । यससँगै सिप्रदी ट्रेडिङ्गको पहलकदमीमा सिक्का एप लन्च भएको उल्लेख गरे ।

सिक्का एपबाट च्यानल पार्टनरहरुले प्वाईन्टहरु जम्मा गर्न सकिने छ भने आफ्नो रोजाइमा प्वाईन्ट अनुसार प्राप्त हुने नगद वा अन्य उपहारहरु प्राप्त गर्न सकिने छ ।

एक्साइड ब्याट्रि अटोमोटिभ, सोलार, घरायसी प्रयोग तथा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । एक्साइड ब्याट्रि यसको गुणस्तर, प्रोडक्ट पोर्टफोलियोका सहज उपलब्धताका कारण नेपाली बजारमा निरन्तर एक नम्बरमा रहन सफल भएको छ ।


क्लिकमान्डु