कोरोना कहरमा पनि यी गन्तव्यमा घुम्न सकिन्छ, के कस्तो छ मापदण्ड ?



तस्बिरः महेशबाबु तिमल्सिना फेसबुक

काठमाडौं । आन्तरिक पर्यटनका लागि सबैभन्दा राम्रो यो समयमा कोरोनाको महामारी उच्च विन्दुमा छ । दैनिक ५ हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन् ।

कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन गरेपछि ठप्प भएको पर्यटन क्षेत्र लामो समयसम्म पनि निस्क्रिय छ । लामो समयसम्मको लकडाउन न प्रभावकारी बन्न सक्यो बरु पर्यटन क्षेत्र कसरी टिकाउने हो भन्ने अवस्थामा छ ।

सरकारले लामो समयपछिको लकडाउनपछि सार्वजनिक सवारी साधन र हवाई यातायात सञ्चालन गर्ने निर्णय त गर्यो तर यात्रु भने अपेक्षाकृत रुपमा भएनन् ।

विगतका वर्षहरुमा मुस्ताङमा धेरै पर्यटक हुँदा होटलका कोठा अपुग हुँदा धर्मशालामा सुत्नु परेको घटनादेखि रारामा होटल नपाउँदा सदरमुकाम झरेर रात कटाउनु परेका समाचार सुनिन्थे ।

तर यो वर्ष भने त्यो रौनक छैन । न त विदेशी पर्यटक नै छन् । दशैं र तिहारबीचको विदामा पोखरा र त्यहाँबाट हिमालतर्फ उकालो लाग्नेको संख्या निकै धेरै हुन्थ्यो । हाइकिङ जानेहरु बाटोभरी भेटिन्थे ।

यद्यपि आशाको ज्योति अझै निभेको भने छैन । फेरि उठ्ने प्रणका साथ पर्यटन क्षेत्रले गती लिने प्रयास गरेको छ । तर अपेक्षाकृत रुपमा त्यो सफल हुन सकेको छैन ।

धेरै पर्यटक जम्मा हुने पोखरा र चितवनको सौराहमा पहिले जस्तो रौनक अझै देखिएको छैन भने हिमालसम्म पुग्नेहरु पनि निकै कम छन् । कोरोना संक्रमण मुक्त भएको प्रमाण अर्थात् पीसीआर नेगेटिभ आएको रिपोर्ट चाहिने भएकाले पनि मानिसहरु अझै घरबाहिर निस्कन सकेका छैनन् ।

यद्यपि केही कम्पनीहरुले भने प्याकेज नै ल्याएर पर्यटन क्षेत्रलाई मलजल गर्ने प्रयास नगरेका भने होइनन् । साथै कोरोनाको जोखिम कम गराउँदै पर्यटन क्षेत्रलाई अगाडि बढाउनुको विकल्प पनि छैन ।

पीसीआर परीक्षण अनिवार्य

अहिले अधिकांश गन्तव्यहरु पर्यटकका लागि बन्द छन् । यद्यपि खुलेका गन्तव्यमा ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनु अनिवार्य छ । हाल लुक्लादेखि नाम्चेसम्मका लागि अनिवार्य गरिएको छ भने अन्य खुलेपछि अनिवार्य गर्ने तयारी भइरहेको छ ।

बुध्द होलिडेजको प्याकेज

आन्तरिक उडानतर्फ निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले पोखरा र चितवनका लागि प्याकेज ल्याएको छ । कम्पनीको भगिनी संस्था बुध्द होलिडेजले पोखराका लागि ५९९९ रुपैयाँ र चितवनका लागि ७९९९ रुपैयाँको होलिडे प्याकेज ल्याएको छ । २ रात र ३ दिनको यस प्याकेजमा २ तर्फी हवाई टिकट, तारे होटलको बसाई, विहानको खाजा र एयरपोर्ट पिकअपड्रप समावेश छ ।

यति एयरलाइन्सको प्याकेज

निजी क्षेत्रको अर्को वायुसेवा कम्पनी यति एयरलाइन्सले पनि विभिन्न गन्तव्यका लागि प्याकेजहरु ल्याएको छ । जसमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमणका लागि प्याकेज ल्याएको छ । कम्पनीले अक्टोबर १ देखि उक्त प्याकेजको बिक्री शुरु हुने समेत जानकारी दिए । त्यसैगरी विभिन्न गतव्य जस्तै, पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट काठमाडौं आउनेका लागि दुईतर्फी टिकट सहति होटलको व्यवस्था समेत मिलाइएको छ ।

यति एयरलाइन्सले लुक्लाका लागि १३९९९ रुपैयाँमा प्याकेज ल्याएको छ । जसमा काठमाडौं–लुक्ला–काठमाडौंका लागि दुईतर्फी टिकट, होटलको बसाई, टुर गाइड र ब्रेकफास्ट समावेश गरेको छ । यसमा लञ्च र डिनर समावेश गरिएको छैन भने पीसीआर परीक्षण पनि आफ्नै खर्चमा गर्नुपर्ने हुन्छ ।

प्रभु हेलिकप्टरले १९ हजारमै गोसाइकुण्ड लैजाने

प्रभु हेलिकप्टरले दशै तथा तिहारको अवसर पारेर प्रतिव्यक्ति १९ हजार रुपैयाँमा गोसाइकुण्ड यात्रा गराउने भएको छ । यात्रा प्याकेजमा काठमाडौबाट दुइतर्फी यात्रा र गोसाइँकुण्डमा आधा घण्टा दृश्यावलोकन समय रहने बताइएको छ।

हेलिकप्टरमा पाइलट बाहेक ५ जनाको सिट क्षमता हुने भएकाले ५ जनाको समुहमा जाँदा सहज हुने कम्पनीको भनाइ छ । कम्पनीले भर्खरै भित्र्याएको नयाँ एयरबस हेलीकाप्टर एच १२५ एएस ३५० बी ३ ईबाट यात्रा गराउने जनाएको छ । स्थापनाको पाँच वर्षमा नयाँ एयरबस हेलिकप्टरसँगै प्रभुसँग हेलिकप्टरको सङ्ख्या ६ वटा पुगेको छ ।

लुक्ला–एभरेस्ट ट्रेल प्याकेज

विभिन्न कम्पनीहरुले लुक्ला र त्यहाँबाट एभरेस्ट ट्रेलका लागि प्याकेज उपलब्ध गराएका छन् । जसमा एयरलाइन्सको टिकट, होटलको खर्च समेत जोडिएको छ ।

काठमाडौंबाट जान चाहनेका लागि हवाई जहाज तथा हेलिकप्टर उपलब्ध हुनेछ । जसका लागि मूल्य २४९९९ रुपैयाँ तोकिएको छ ।

जसमा ५ दिनको प्याकेज हुनेछ । जसमा पहिलो दिन लुक्ला पुगेर थप ३ घण्टा ट्रेकिङ गरेर पाकदिङसम्म पुग्ने । दोस्रो दिन ५ घण्टाको ट्रेकिङमा नाम्चे पुग्ने । तेस्रो दिन स्याम्बोचेसम्म हिँडेर जाने र एभरेस्ट भ्यू लजबाट एभरेस्ट हेरेर खुम्जुङसम्म पुग्ने र मोनेस्ट्रीमा यती स्कुल घुम्न पाइनेछ ।

तस्बिरः महेशबाबु तिमल्सिना फेसबुक

चौथो दिन लुक्लासम्म ७ घण्टाको ट्रेकिङ गरी फर्कने र पाँचौ दिन काठमाडौं फर्कने तालिका प्याकेजमा छ ।

यो प्याकेजमा ४ रात होटलको बसाइ, काठमाडौं–लुक्ला–काठमाडौंको हवाई टिकट, टुर गाइड, काठमाडौंमा पीसीआर टेस्ट, बीमा, भरिया उपलब्ध हुने सस्तो टिकट कम्पनीले उल्लेख गरेको छ ।

अन्य गन्तव्य जस्तै, मुक्तिनाथ, रारा, घान्द्रुक, घोरेपानी, पुनहिलका लागि अझै खुला गरिएको छैन । घान्द्रुकका होटल वल्र्ड भिलेज इनका सञ्चालक तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिका सदस्य कृष्ण गुरुङ तिहार अगाडि पर्यटकका लागि नखोलिने बताए ।

तस्बिरः महेशबाबु तिमल्सिना फेसबुक

तस्बिरः महेशबाबु तिमल्सिना फेसबुक

तस्बिरः महेशबाबु तिमल्सिना फेसबुक

तस्बिरः महेशबाबु तिमल्सिना फेसबुक


क्लिकमान्डु