रिलायन्स जिओले अमेरिकामा गर्यो 5G को सफल परिक्षण, भारत भित्र्याउने तयारी



काठमाडौं । पछिल्लो पुस्ताको फाइभजी नेटवर्क विस्तारमा भारतीय कम्पनी रिलायन्स जियो समेत प्रतिस्पर्धामा उत्रिएको छ । भारतीय कम्पनी त्यसमा पनि खर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनीले अमेरिकामा फाइभजीको परिक्षण गरेको छ ।

विवरण अनुसार अमेरिकामा रिलायन्स जिओको पाँचौं पुस्ताको प्रविधि फाइभजीको सफल परिक्षण गरिएको छ । भारतमा समेत छिट्टै फाइभजीको परिक्षण हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर भारतमा फाइभजीको परिक्षणका लागि हालसम्म कुनै पनि स्पेक्ट्रम नै उपलब्ध हुन सकेको छैन ।

जानकारी अनुसार अमेरिकी प्रविधि कम्पनी क्वालकमसँग मिलेर रिलायन्स जिओले अमेरिकामा फाइभजीको सफल परिक्षण गरेको हो । भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो ।

रिलायन्स जिओका प्रमुख मैथ्यू ओमानले क्वानकम इभेन्टमा भने क्वालकम तथा रिलायन्सको सब्सिडियरी कम्पनी रेडिसिससँग मिलेर फाइभजी प्रविधिमा काम गरिरहेको जनाए । उनले भारतमा समेत छिट्टै उक्त प्रविधि भित्रयाउने र १ जिबिपिसको गतिमा इन्टरनेट उपलब्ध हुनेछ ।

जियो तथा क्वालकमले एक आपसमा मिलेर रिलायन्स जिओ ५ जी एनआर सोल्युसन तथा क्वालकम ५ जी आरएएन प्लेटफर्ममा १ जिबीपिएसको भन्दा बढी स्पीड उपलब्ध हुनेछ ।

अहिले संसारभर नै अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, स्वटजरल्याण्ड र जर्मनी जस्ता देशमा ५ जीको ग्राहकलाई १ जिबीएस गतिको इन्टरनेट उपलब्ध हुँदै आएको छ । क्वालकमले जिओमा ७३० करोड लगानी गरेको छ । अब छिट्टै यो सुविधा भारतमा समेत उपलब्ध हुनेछ ।

क्वालकमले जिओ प्लेटफर्ममा ०.१५ प्रतिशत हिस्सेदारीका लागि ७३० करोड भारतीय रुपैयाँ लगानी गरेको छ ।

लगभग ३ महिना पहिले १५ जुलाईमा आयोजित रिलायन्स इन्डस्ट्रीको साधारणसभामा रिलायन्स जिओका प्रमुख मुकेश अम्बानीले अब छिट्टै भारतीय उपभोक्ताकालाई ५ जी को सेवा उपलब्ध हुने घोषणा गरेका थिए ।

घरेलु रुपमा प्रयोग गर्ने गरी प्रविधिको विकास तथा स्पेक्ट्रम उपलब्ध हुनासाथ रिलायन्स जिओले ५ जी प्रविधिको परिक्षणका लागि आफुहरु तयार रहेको उनको भनाइ थियो । अमोरिकामा ५ जी प्रविधिको परिक्षणपछि उक्त प्रविधिको विदेशमा विस्तारका लागि समेत मार्ग प्रशस्त भएको बताइएको छ ।

अमेरिकामा सफल परिक्षण गरिएको भएपनि भारतमा ५ जीका लागि आवश्यक पर्ने प्रविधि तथा अन्य सुविधा कुनै पनि उपलब्ध हुन सकेको छैन । उक्त प्रविधिको सबै पेरिमिटर समेत सफल सावित भएको छ ।

क्वालकमका उपाध्यक्ष दुर्गा मल्लदीले जिओको साथमा मिलेर एक उच्च प्रकारको प्रविधिको विकास गरिएको र त्यसले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे ।

चिनियाँ कम्पनी हुवावे माथि धेरै देशले प्रतिबन्ध लगाएको अवस्थामा रिलायन्स जिओले ती देशमा आफ्नो उपस्थिती जनाउन सक्ने जिकिर गरिएको छ । तर हुवावेका सामु भर्खर प्रविधि पत्ता लगाएको रिलायन्सलाई सँगसँगै दौडन भने सजिलो छैन ।


पुष्प दुलाल